Sunday, July 28, 2024

गाउँ मलाइ सधैँ गरिमापूर्ण लाग्छ ।

 

सन्देश लामिछाने 

गाउँ मलाइ सधैँ गरिमापूर्ण लाग्छ ।

हाम्रा गाउँघरहरू अनेकन मिठास मिश्रित बिम्बहरूले बनेका छन् । हर कुराको असली स्वाद गाउँमै छ । यहाँ माया,खुशि,दु:ख,शुख छ।, त्यहि भएर त आफु आनन्द र मन भित्र शान्त भएको अनुभुति गर्न पाइन्छ ।


सहरमा खाएको अन्न र गाउँमा आफ्नै हातले फलाएर खाएको अन्नमा दोब्बर मिठास भेटीन्छ् । त्यसमा आफ्नो आमाको हातले पकाएर खुवाएको खानाको असली स्वादको त के कुरा गर्नु; भान्सामा पस्दा पेट भान्साको बास्नाले नै भरिएर आउँछ।



केहि गाउँहरू घुम्न निस्केको थिए । हरेक घरहरू मा अभाव युवा छोरा छोरीकै छ। लाग्छ अब गाउँ पनि पहिला जस्तो गाउँ छैन्। गाउँहरू पनि संरक्षण गर्ने बेला आएको जस्तो छ......।



धर्म गर्नेहरू हराउदै गएका छन्। धर्म भनेको स्वभाव हो। ''दया, भलाइ, करूणा, प्रेम, सेवा अर्थात् मान्छेमा हुनुपर्ने धर्म भनेको सद्गुण हो । मान्छेमा यी चीज छैनन् भने ऊ मान्छे नै होइन। यी प्राकृतिक हुन् यदि मानिसले प्राकृतिक स्वभाव भुल्यो भने त्यो प्रकृतिको विरूद्धमा हुन जान्छ।'

वर्षायामको बेलाले जता हेरे पनि हरियालीले गाउँ पुरै हरित छ। जता हेर्यो रमाइलै रमाइलो छ । झालभरी अनेकन तरकारी फलेका छन् । आफ्नै हातले टिप्दाको आनन्द बेग्लै हुन्छ । करेसाबारीमा पस्यो कि मन अनेक रोमाञ्चले भरिन्छ ।



आज भोलि गाडि चढ्नु बाध्यता नै हो, भने हिड्नु रहर भएको छ। लाग्छ अबको नयाँ पुस्ताले पहिला जस्तो कृर्षी गर्दैन्न्, रैथाने बालिहरू नस्ट हुदै र गर्दै गएका छन्। त्यो सिप नँया पुस्ताले सिक्न चाहानु र भाग्य नै हो। थोरै मेहनतमा धेरै उब्जनी गर्न सकिने यो गाउँको विशेषता हो ।

आज भोलि  ढाका टोपि लगाउने मान्छे देख्न मुस्किल बन्दै गएको छ। गाउँमा बस्ने छोराछोरीहरू घर जितेर बसेका होला कि हारेर? देशमै काम गर्न नस्कने छोराछोरीहरू देश बाटै हराउदा रहेछन्। बजार मा जन्मेका छोराछोरी नाति नातिनाले किन गाउँमा नयाँ प्रबिधिको प्रयोग गरेर गाउँको अर्गानिक ताजा तरकारीहरू,फलफुलहरू, गेडागुडीहरू, दुध, दहि लगाएत अन्य चिज प्रयोग गर्न सकेका छैन्न।


लाग्छ अबको नयाँ पुस्ताले परीर्वतन गर्नु छ भने गाउँमा बस्ने मानिस सानो,गरिब र बजारमा बस्ने मानिस ठुलो, धनि हो भन्ने सोच सबै भन्दा पहिला त्याग्नु पर्छ।गाउँ र बजार प्ररीपुरक नै हुन । गाउँमा   गाउँको स्वच्छ हावापानी र खानपानमा रमाउन पाउँदा मन प्रमोद र आनन्दले भरिन्छ। यो सबै गाउँको माटोको देन हो।

गाउँ मलाइ सधैँ गरिमापूर्ण लाग्छ ।

  सन्देश लामिछाने  गाउँ मलाइ  सधैँ गरिमापूर्ण लाग्छ । हाम्रा गाउँघरहरू अनेकन मिठास मिश्रित बिम्बहरूले बनेका छन् । हर कुराको असली स्वाद गाउँम...