Hmm! What's the purpose of life? What a great question! But there's no need to make it too complex. At the end of the day, there are only two purpose of living - to be happy and to help others be happy. Those who can't be happy won't be able to help anyone else be happy. And those who don't help others can never be happy themselves.
Sandesh Lamichhane
Monday, March 3, 2025
Sunday, January 28, 2024
नयाँ बसपार्क
मिति २०७९/ ११ पुस
✍️: सन्देश लामिछाने
टिकट काटेर बेनी जाने बसको सिट नवर १२ मा म थिए । हामि नौं, दस जना अपरिचित मान्छे भए पनि कुराहरु भने निकै रशिला हुदै थिए अचानक एउटा भाई बस् चढेर पैसा माग्न लागे । एकैछिन सबैजना चुपचाप भयौं । उनी पहिलो सिट बाट पैसा माग्दै अन्तिमसम्म आउदै गर्दा कसैले पनि पैसा दिनु भएन् तर उनले यसरी पैसा माग्दै थिए ..आमाको रगतको उपचार गर्न छ । दाइ ! पैसा दिनु दाइ , मेरो समस्या बुझ्दिनु । दाइ भन्थे हातमा पनि पाँच रुपैया देखि सय सम्मका नोटहरू थिए । लगभग ५०० सम होला । एउटा हातमा कागज पनि थियो आमाको नागरिताको फोटो सहित केही लेखिएको र छाप पनि लगाएको थियो । उनको कपडा र रुपहेर्दा ट्यापे जस्ता देखिएका कानमा ठुला ठुला टपहरु लगाएका झोलामा लाउरे र्यापरको इमोजिवाला स्टिकर झुन्डाएका थिए । बोल्दा पनि अल्लि ठाडो तरिकाले बोलेका थिए । हामीलाई अलिकति असहज जस्तो महसुस भएको थियो । उनी यति हतारमा थिए कि एकैछिन बसे भने अर्को बस छुट्ने हो कि भन्ने तरखरमा थिए । हुन पनि हो उनलाई धेरै मानिसहरु सँग भेट्नु थियो । आफ्नो आमाको लागि पैसा माग्नु थियोे । म चढेको बस मा उनलाई अरु कसैले पनि पैसा दिएनन् मैले उनी सँग भएको कागज मागे र हेरे जस्तो गरे मेरो खोल्टिमा भएको ४० रुपैया दिए त्यस पछि मेरो नजिकै बि सिट मा भएको मान्छेले पनि थप १० रुपैयाँ दिनु भयो । उनी त्यो पैसा समातेर कत्ति छिटो बसबाट झरे थाहा नै भएन् खै कता गए । फेरि हामिहरु कुरा गर्न तर्फ लागेका थियौं कुराहरू पनि मज्जाका रमाइला चल्दै थिए । फेरि अर्को कोहि बस चढेर आफ्नो हातमा भएको बुवा सुतेको उपचारको तस्बिर देखाउदै बिस्तारै हामिहरु संम उनी आइन् त्यस बेला संम पनि कसैले पैसा दिनु भएको थिएन तर फेरि उनी बोल्न थालिन् सबैजनालाई मेरो नमस्कार हेर्नुन मेरो बाबाको आज कलेजोको अपरेसन हुदै छ । भन्दा उनको आँखा को चमकले खुशीको महसुस हुन्थ्यो । अनुहारले एउटा जादु खोजिरहेको जस्तो देखिन्थ्यो स्वर पनि सरल अनि कति नरम थियो । उनले बाबाको लागि हामीसँग सहयोग मात्र होइन हजुरहरुले मेरो बाबाको उपचारको लागि आशिर्वाद पनि दिनुपर्छ भन्दै थिइन् । उनी सहयोग भन्दा पनि आशिर्वाद माग्न आएको जस्तो महसुस भएको थियोे । मैले पनि खल्ती हेरे तर सयको भन्दा सानो नोटहरु थिएनन् म सँग त्यस बाट एक सय झिकेर दिए मसँगै बस्नु भएको दाइले पनि आफ्नो खल्ती बाट एक सय रुपैया झिकेर दिनु भयो , फेरि अर्को , अर्को गर्दै जादा बसमा भएका सबै ३५ जनाले नै उनलाई पैसा दिनु भयो । उनले पैसा लिदै गर्दा एउटा मन्द मुस्कान छोडेकि थिइन् । उनी ओर्लिन लागेको बेलामा हामिहरु तर्फ फर्केर सबै जनालाई नरम स्वरमा , हजुरहरु सबैजनालाई मेरो र बाबाको तर्फबाट धेरै धेरै धन्यवाद भन्दै हजुरहरु पनि राम्रोसँग जानुहोला है ...भन्दै शुभयात्रा भनेर उनी आफ्नो बाटो लागिन् । उनलाई हतार कत्ति पनि थिएन उनलाई एउटा विश्वास थियोे । बाबाको उपचार सफल हुन्छ भन्नेमा ।
पहिला सहयोग माग्न आएको भाइले जम्मा ५० रुपैयाँ मात्रै लगे पछि आउने वैनीले लगभग ३५०० सय जति र सबैजनाको आशिर्वाद पनि लग्नु भयो ।
Tuesday, January 16, 2024
Sunday, July 30, 2023
What is the purpose of life ?
Hmm! What's the purpose of life? What a great question! But there's no need to make it too complex. At the end of the day, there ar...
-
मिति २०७९/ ११ पुस ✍️: सन्देश लामिछाने टिकट काटेर बेनी जाने बसको सिट नवर १२ मा म थिए । हामि नौं, दस जना अपरिचित मान्छे भए पनि कुराहरु भन...
-
by S Photography #Pashupatinath Temple #Pashupatinath Temple